भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध

काठमाडौं । भारतले पाकिस्तानबाट आयात गरिने सबै सामानमा प्रतिबन्ध लगाएको छ । जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमलापछि दुई देशबीच तनाव उत्कर्षमा रहँदा भारतले यो कदम चालेको हो ।
पाकिस्तानमा उत्पादित र त्यहाँबाट भारतमा आयात गरिने सामानमा तत्काल प्रतिबन्ध लगाइएको छ । यो विषयमा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गरेर शुक्रबार प्रतिबन्धको निर्णय सार्वजनिक गरेको छ ।
सूचना अनुसार विदेश व्यापार नीति २०२३ मा यससम्बन्धी एउटा व्यवस्था थपिएको छ, जसमा अर्को आदेश नभएसम्मका लागि पाकिस्तानबाट आउने वा पाकिस्तानमा निर्यात गरिने सबै वस्तुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणपछि भारत र पाकिस्तानले एकार्काविरुद्ध धेरै कदम चालेका छन् । दुई देशबीच तनाव कायमै छ । बीबीसी हिन्दीबाट ।
तपाईको प्रतिक्रिया