आइतबार २३ बैशाख २०८१
राजनीति

मधेस प्रदेशकी मन्त्री बेची लुंगेलीले सम्हालिन् श्रम मन्त्रालयको जिम्मेवारी

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेली श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा गत वैशाख ६ गते प्रदेश प्रमुखले उनलाई बिनाविभागीय मन्त्रीको शपथ गराएकी थिइन्। श्रममन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले तीन वटा निर्णय गरेको बताइन्।

प्रदेशको आठ वटै जिल्लाका कार्यालयहरूमध्ये कम्तीमा एउटा कार्यालयको आफ्नै जग्गा व्यवस्थापन गरी एउटा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने, सबै कार्यालयमा प्रतीक्षालय निर्माण गरी खानेपानीको व्यवस्था गर्ने र कार्यालयमा सेवाग्राहीलाई टोकनको व्यवस्था गरी एकद्वार प्रणालीमार्फत् सेवा प्रवाह गर्ने निर्णय भएको मन्त्री लुंगेलीले बताइन्। 

‘कार्यालयका हरेक सेवा जनमुखी बनाउने हाम्रो प्रयास रहनेछ। फरक ढंगले काम गरी यो मन्त्रालयलाई नमूना मन्त्रालय बनाउँछौं,’ उनले भनिन्।

मन्त्री लुंगेलीसँगै बिनाविभागीय मन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले भने अर्थ मन्त्रालयमा अडान लिएका छन्।

तपाईको प्रतिक्रिया