मंगलबार ८ जेठ २०८१
खेलकुद

ग्रिसका एक खेलाडिले एक मिनेटमा ६४ पटक पुसअप गरेर गिनिज बुकमा नाम लेखाए

बिहीबार माघ १, २०७७/ Thursday 01-14-21

काठमाडौं। ग्रिसका एकजना खेलाडिले एक मिनेटमा ६४ पटक ह्याण्ड रिलिज पुसअप गरेर गिनिज बुकमा नाम लेखाएका छन्।

जिओर्गोस कटसिम्पो नामका ती व्यक्तिले ग्रिसको क्रेटे टापुस्थित हेराक्लियनमा रहेको आइरुन बडी कम्युनिटी जिमखानामा उक्त किर्तिमान राखेका हुन्।

ह्याण्ड रिलिज पुसअप भनेको यस्तो पुसअप हो जहाँ छातिले भुइँ छुँदा भुइँमा टेकिएका हत्केला भुइँबाट माथि उठाउनु पर्दछ।

जिमखानाले उनको त्यो किर्तिमानी खेलको भिडियो युट्युबमा अपलोड गरेको छ।

गत वर्ष हातमा गम्भीर चोट लागेसँगै थेरापीका रुपमा उनले यस्तो पुसअप गर्न सुरु गरेका थिए। उपचारको सोही कदमलाई उनले आफ्नो किर्तिमानी कार्यमा रुपान्तरण गरेका छन्।

यसअघि १ मिनेटमा गरिएको सर्वाधिक ह्याण्ड रिलिज पुसअपको किर्तिमानी संख्या ५८ थियो। उक्त किर्तिमानी संख्या भन्दा उनले ६ पटक बढि पुसअप गर्न सफल भए।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

 

तपाईको प्रतिक्रिया