बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि मेची क्राउनको २६ लाख सहयोग
काठमाडौं। झापामा रहेको पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि २६ लाख रुपैयाँ सहयोग गरेको छ।
होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री खड्कप्रसाद पौडेल ‘गणेश’लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
विपद्का कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको होटलले जनाएको छ। कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।

मेची क्राउन पूर्वी नेपालका चर्चित पाँचतारे होटलमध्ये एक हो। भारतीय पर्यटकमाझ समेत लोकप्रिय यो होटल विवाह तथा अन्य विशेष समारोहका लागि ‘वेडिङ डेस्टिनेसन’का रूपमा समेत परिचित छ।
तपाईको प्रतिक्रिया