शनिबार ५ जेठ २०८१
राजनीति

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24

काठमाडौँ।सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ । 

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने सन्दर्भमा दोस्रो पटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको प्रदेश प्रमुखको सचिवालयले बताएको छ । 

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीलेसल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले एमालेले असहयोग गरेको बुझिएको छ । 

शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौँ आइपुगेका छन् । 

सोडारीलाई पहिलोबाट नै एमालेले असहयोग गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस १९ सिट,  माओवादी ११ सिट, एमाले ९, नागरिक उन्मुक्ति पार्टी ७ सिट, नेकपा एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी १, स्वतन्त्र १ सिट छ । 

सत्ता गठबन्धनबाट माओवादी, एमाले, एकीकृत समाजवादी र नाउपाले सोडारीलाई सहयोग गरेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक हुन्छ । यदि एमालेले सहयोग नगरे सोडारीले विश्वासको मत पाउने छैनन् ।

तपाईको प्रतिक्रिया