शनिबार ५ जेठ २०८१
खेलकुद

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

बिहीबार बैशाख २०, २०८१/ Thursday 05-02-24

काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २१० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हिर्काए ।

यसअघिको खेलमा शतक बनाएका जोन्सन चार्ल्सले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३० बलमा ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र ६ छक्का हिर्काए । त्यस्तै, फाबियन एलनले ३३ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि रहेको छ । शृङ्खला नगुमाउन नेपालले आज जित्नै पर्ने दबाब छ ।

 

तपाईको प्रतिक्रिया